बेस्ट ग्रुपको विजयी सुरुआत

बेस्ट ग्रुप भिजनले दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

बेस्ट ग्रुपले अक्षरालाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । अक्षराका आदित्य सुवेदी ‘म्यान अफ द म्याच’ चुनिए । अर्को खेलमा ग्रामरले आयोजक अर्किडलाई ४–० ले हरायो । अर्किडका शितल कार्की ‘म्यान अफ द म्याच’ बने ।

प्रतियोगिताको पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले प्रतियोगितामा विद्यालयहरुको उत्साहजनक सहभागिताले आगामी दिनमा प्रतियोगितालाई अझ बृहत बनाउन हौसला मिलेको धारणा व्यक्त गरे ।

प्रतियोगितामा ३० विद्यालय सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल माघ २९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...