शाहीको उपचारका लागि खेलकुद पत्रकार मञ्च कास्कीको सहयोग

पोखरा, २१ माघ /  नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले कार्यसमिति सदस्य नारायण शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गरेको छ ।

मञ्चको शुक्रबार बसेको बैठकले स्वास्थ्योपचार गरिरहेका शाहीलाई सो रकम प्रदान गरेको हो । मञ्चका सल्लाहकार समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मञ्चका अध्यक्ष केशव पाठकले सो रकम बराबरको चेक शाहीलाई हस्तान्तरण गरे ।

गत मंसिर २२ गते पोखरा रामबजारमा मोटरसाईकल दुर्घटनामा परेका शाहीको दाहिने हातको पाखुर रा कुममा भित्री चोट लागेको थियो । उनको माघ ४ गते शल्यक्रिया समेत गरिएको थियो । अहिले शाही फिजियोथेरापी गराईरहेका छन् । शाही आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी टेलिभिजनमा आबद्ध छन् ।

मञ्चका अध्यक्ष पाठकले आफ्नो परिवारका सदस्य बिरामी भएकाले मञ्चको सानो सहयोग भन्दै मञ्चका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...