बाहुण्डाँगी: वडा नम्बर ६ फाईनल प्रवेश

(कृष्ण सिन्जाली, झापा) सरस्वती माविको खेल मैदानमा जारी वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा वडा नम्बर ६ फाईनल प्रवेश गरेको छ ।

नेपाली काँग्रेस बाहुण्डाँगी गाउँ समितिद्धारा आयोजित प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ३ लाई ०– १ गोलको अन्तरले वडा नम्बर ६ फाइनल पुगेको हो ।

खेलको पहिलो हाफमा दुबै टिमबाट उत्कुष्ट प्रदर्शन गर्दै खेल बराबरमा पुगेको थियो । दोश्रो हाफको ५ मिनेट नबित्दै वडा नम्बर ६ का जर्सी नम्बर ११ का सुदिप देवानले एक गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजयी टिमका युजेन लामा घोषित भएका थिए । भोलिको दोश्रो सेमीफाइनल खेल वडा नम्बर २ र वडा नम्बर ५ को बिच हुने भएको छ ।

प्रतियोगिताको बिजेताको पुरस्कार नगद २५ हजार र उपबिजेतालाई नगद १५ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...