तेक्वान्दो ग्रेडिङ सम्पन्न

(काठमाडौं) नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार एसएबी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । शुक्रबार मैतिदेवीस्थीत सेब पब्लिक स्कुलको मैदानमा सेतो पेटिदेखि निलो–रातोपेटिसम्मको ग्रेडिङ भएको छ । ग्रेडिङमा ५२ तेक्वान्दो खेलाडीले आफ्नो पेटि अनुरुप परिक्षा दिएका थिए । पेटी प्रमोशनमा पुम्से र फाइटतर्फ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे ।

तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हरेक ६ महिनामा हुने ग्रेडिङ लिइएको तेक्वान्दो प्रशिक्षक गोविन्द शर्माले बताए । सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम् तेक्वान्दो प्रशिक्षक बद्री घिमिरे र गोविन्द शर्माले पेटी प्रमोशन लिएका थिए । सो अवसरमा सेतो पेटीमा ३७,पहँेलो–हरियो पेटिमा ५,हरियोमा ६ ,हरियो–निलोमा २ र निलोमा ४ खेलाडीले आ–आफ्नो वरियता अनुरुप पेटि प्रमोशनका लागि ग्रेडिङ दिए । ग्रेडिङमा खेलाडीले अनुशासित तवरले कला प्रस्तुत गरेको प्रशिक्षक शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...