दोस्रो रमपम झापा गोल्डकप: आयोजकसँग सुदूरपश्चिम स्तब्ध

१९ माघ, झापा । दोस्रो रमपम झापा गोल्डकपमा सुदूरपश्चिममाथि शानदार जित हात पार्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ ।

बुधबार भएको क्वार्टरफाइनलमा झापाले पाहुना टोली सुदूरपश्चिममाथि ४-० को फराकिलो जित हात पारेको हो । सुदुरपश्च्मि पोखरामा भएको आहारारा गोल्डकपमा पहिलो खेलमै सहारा क्लबसँग ४–० ले नै पराजित भएको थियो ।
विर्तामोडमा भएको खेलमा झापाले सुदूरपश्चिमलाई एकतर्फी दबावमा राख्यो । खेलको ३० औं मिनेटमा सुदूरपश्चिमका तर्फबाट आत्माघाती भएपछि झापालाई पहिलो गोलको योगदान मिलेको थियो ।

विदेशी खेलाडी मार्टिनको प्रहार सुदूरपश्चिमका राकेश हमाललाई टच हुँदै गोलमा परिणत भएपछि झापाले गोलको खाता खोल्यो । दोस्रो हाफपछि झापा आक्रमक शैलीमा मैदानमा उत्रियो । त्यसपछि उसले लगातार ३ गोल गर्‍यो । दोस्रो हाफको ४६ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गरे ।

त्यस्तै, ४८ औं मिनेटमा मार्टिनले गोल गरे । मार्टिनको प्रहारमा सुदूरपश्चिमका गोलरक्षक थापा बिट भएका थिए । खेलको उत्तरार्द्धको ८८औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४(० को अन्तरमा पुर्‍याए ।

खेलको म्यान अफ द म्याच उनै विदेशी खेलाडी मार्टिन घोषित भए । उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...