(कृष्ण सिन्जाली, झापा)
बाहुण्डाँगी २ स्थित सरस्वती माविको खेल मैदानमा जारी वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा वडा नम्बर ३ विजयी भएको छ ।
नेपाली काँग्रेस बाहुण्डाँगी गाउँ समितिद्धारा आयोजित प्रतियोगिताको आज भएको खेलमा वडा नम्बर ८ लाई ०– ३ गोलको अन्तरले वडा नम्बर ३ विजयी भएको हो ।
खेलको पहिलो हाफको ५, २९ मिनेटमा वडा नम्बर ३ का जर्सी नम्बर १०का रोशन मेचेले दई गोल गरेका थिए भने बिजेता टिमका जर्सी नम्बर ३ का सन्तोष दाहालले २७ मिनेटमा एक गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच विजयी टिमका रोशन मेचे घोषित भएका थिए ।
भोलिको खेल वडा नम्बर २ र वडा नम्बर ७ को बिच हने भएको छ ।