सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल: न्युडायमण्ड र एपीएफ उपाधि नजिक

न्युडायमण्ड एकेडेमी र आयोजक एपीएफ सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । बुधावार भएको पहिलो सेमिफाईनलमा नैकापको न्युडायमण्डले पुलिसलाई ३–० को सेटमा स्तब्ध बनायो ।

चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ को सेटमा हरायो । वुमन अफ द म्याच बनेकी न्युडायमण्डकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङले ट्रफि प्रदान गरे । हलचोक स्थित एपीएफको भलिबलकोर्टमा भएको दोश्रो सेमिफाईनलमा खेलमा आयोजक एपीएफले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा निराश बनायो । एपीएफकी नेबिका चौधरी वुमन अफ द म्याच भएको खेलमा पश्चिमाञ्चल २५–१४,२५–१० र २५–१२ को सेटमा पराजित भयो । नेबिकालाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले वुमन अफ द म्याचको ट्रफिले पुरस्कृत गरेका थिए ।

यस अघि आर्मीले उत्कृष्ट प्रदर्शन गदै सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम लिग खेलमा पश्चिमाञ्चललाई कडा चुनौती दियो । प्रशिक्षक जगदिस भट्टको प्रशिक्षणमा रहेका किशोरी खेलाडिले भरिएको आर्मीको टिमले पश्चिमाञ्चलका अनुभबी खेलाडि मञ्जु गुरुङ र अरुणा शाहि सम्मलित टिमलाई सेमिफाईनलको बाटोमा चुनौती पेश गरेको थियो ।

पहिलो सेट पश्चिामाञ्चलले २५–१९ ले जिते पनि दोश्रो र तेश्रो सेट आर्मीले २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट पश्चिमाञ्चलले २५–११ ले जिते पछि खेल पाँचौ सेटमा धकेलिएको थियो । निर्णयक सेटमा अनुभबी पश्चिमाञ्चलले आर्मीलाई १५–१२ मा रोक्दै रोमाञ्चक जितका साथ सेमिफाईनलमा प्रवेश गरेको थियो । पश्चिमाञ्चलको जितमा उत्कृष्ट प्रदर्शन गरेकी अरुणा शाही वुमन अफ द म्याच भईनु । उनलाई भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडि जयनारायण चौधरीले ट्रफिद्धारा पुरस्कृत गरेका थिए । फाईनल खेल बिहिवार ९ बजे हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...