ओडिसी र हाइलीको विजयी सुरुआत

काठमाडौं

ओडिसी इन्टरनेसनल एकेडेमी र हाइली क्रिएटिभले नेफ–साइपाल यु–१६ सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

ओडिसीले साइपाल एकेडेमीलाई १–० तथा हाइलीले बीएनएलाई २–१ ले पराजित गरे ।

उत्तर भेगीय शैक्षिक मञ्च (नेफ), प्याब्सन र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा पारामाउन्टले हेम्सलाई टाइब्रेकरमा ५–४, दीपिका एकेडेमीले इडेन ब्रिज एकेडेमीलाई ३–२, डियर वाल्कले ज्ञान चक्छुलाई २–० तथा सेतो बंगलाले ग्रिन कान्तिपुरलाई टाइब्रेकरमा ४–३ ले हराए ।

प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । माघ २६ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...