ओप्स खेलकुद सप्ताह सम्पन्नः कौशललाई उपाधि

कौशल इङलिस स्कुलले ओप्स खेलकुद सप्ताहको फुटबल तर्फको उपाधि जितेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा कौशलले प्रगति स्कुललाई १–० गोलले स्तब्ध बनायो । पहिलो हाफगोल रहित भएपनि दोश्रो हाफको १५ औ मिनेटमा कौशलका रसिल सिखंडाको पासमा सन्देश बिन्दुकारले निर्णायक गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि पनि कौशलका सन्देश बिन्दुकारले नै जिते । त्यस्तै प्रगतिका अजुन लामा बेष्ट डिफेन्स, प्रगतिकै आयुष लामा हाईस्कोरर, मस्र्याङर्दीका हेतवहादुर तामाङ बेष्ट मिड फिल्डर, ज्ञानमन्दिरका मुकेश राई बेष्ट स्ट्राईकर, श्रृजना ज्ञान सागरका मंन्जिल श्रेष्ठ बेष्ट गोलकिपर चुनिए । त्यस्तै श्रृजना ज्ञान सागरका अनिल बहादुर गुरुङ बेष्ट कोच चुनिदा गिनिज पब्लिक स्कुलले अनुशासित टिमको उपाधि जित्यो ।

एथलेटिक्सतर्फ हिम रश्मी स्कुल च्याम्पियन बन्यो । उसले कुल १८ अंक बनायो । दोश्रो स्थानमा रहेका ज्ञान मन्दिरले १६ अंक जोड्दा तेश्रो स्थानमा रहेको कौशलले १० अंक जोड्न सफलभयो ।

ब्याडमिन्टनमा सामाखुसी बोडिङ स्कुल(सेब) अग्र स्थानमा रहन सफल भयो । सेबबाट छात्र एकलमा स्वर्ण जितेका लाक्पा शेर्पाले सेबकै भाबिका लामिछानेसग मिलेर मिक्स डबलको उपाधि पनि जिते ।

बिजेतालाई सभासद अमर बहादुर थापा ओप्सका अध्यक्ष लोकेन्द्रवहादुर खड्का, कोषाध्यक्ष एवंम् एन्जल हार्टका प्रिन्सिपल धनवहादुर पुन, प्रतियोगिता संयोजक श्रृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र फुयाललगायतले पुरस्कृत गरेका थिए । माघ १२ गते सुरु भएको खेल सप्ताहमा १९ स्कुलको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...