सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबलः बिभागिय टोली पुलिस एपीएफ सेमिफाईनलमा

सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तेश्रो दिनको खेलबाट सफलता हात पादै पुलिस र आयोजक एपीएफले सेमिफाईनलमा स्थान शुरक्षित गरेको छ ।

हलचोक स्थित एपीएफको भलिबल कोर्टमा भएको खेलमा पुलिसले दोहोरो सफलता निकाल्दै समूह बीको बिजेताको रुपमा सेमिफाईनलमा प्रबेश गरेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ को सोझो सेटमा हराएको पुलिसले दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र २५–२१ को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा उत्कृष्ट सेटरको भूमिका निभाएकी शुशिला थापा वुमनअफ द म्याच चुनिदा पुलिसकै चुडा खड्का दोश्रो खेलकी वुमन अफ द म्याच भईन् ।

त्यस्तै समूह ए को बिजेताको रुपमा सेमिफाईनलमाप्रबेश गरेको एपीएफले न्युडायमण्ड एकेडेमीलाई ३–१को सेटमा हरायो । पहिलो सेट २२–२५ ले गुमाएको एपीएफले खेलमाफर्कदै लगातार तीन सेट २५–१२,२५–२३ र २५–२३ ले जितेको थियो । एपीएफबाट उत्कृट प्रर्दशन गरेकी सरस्वती चौधरी वुमनअफ द म्याच भईन् । पराजय पश्चिात न्यु डायमण्डले पुलिससग सेमिफाईनलमा भेट पक्का गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...