कृष्ण सिन्जाली, झापा
नेपाली काँग्रेस बाहुण्डाँगी गाउँ समितिद्धारा आयोजित वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको आज भएको खेलमा वडा नम्बर ७ विजयी भएको छ ।
बाहुण्डाँगी २ स्थित सरस्वती माविको खेल मैदानमा मंगलबार भएको खेलमा वडा नम्बर ९ लाई १– ५ गोलको फराकिलो अन्तरले वडा नम्बर ७ विजयी बनेको हो ।
खेलको पहिलो हाफको ४, २८ मिनेटमा वडा नम्बर ७ का इन्द्र राई र कुमार राईले एक – एक गोल गरेका थिए ।
दोश्रो हाफको ५, १५ र २९ मिनेटमा बिजेता टिमका बिक्रम भाङ्गफाङ्गले ह्याट्रिक गरेका थिए भने वडा नम्बर ९ का बसन्त राईले एक सान्तन्वा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच विजयी टिमका ह्याट्रिककर्ता बिक्रम घोषित भएका थिए ।
भोलिको खेल वडा नम्बर ३ र वडा नम्बर ८ को बिच हने भएको छ ।