वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि पोखरा– १३ लाई; उत्कृष्ट खेलाडी उत्तम गुरुङ

उमेश पुन, पोखरा

पोखरामा मंगलबार सम्पन्न भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि पोखरा वडा नम्बर १३ ले जितेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको फाईनल खेलमा पोखरा १३ ले पोखरा २७ हेमजालाई अतिरिक्त समयमा गोल गर्दै २–१ को गोल अन्तरले पराजित गरेको हो । जित सँगै पोखरा १३ ले उपाधि सहित ७५ हजार नगद पुरस्कार प्राप्त गर्यो । पोखरा १३ को जितमा अतिरित्त समयमा नवराज गुरुङले निर्णायक गोल गरेका हुन र उपविजेता भएको पोखरा २७ ले ३५ हजार पुरस्कार प्राप्त गरेको छ ।

पोखराका २४ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगितामा पोखरा १२ अनुशासित टोली घोषित भएको छ । त्यसै गरी प्रतियोगितामा पोखरा १३ का खेलाडी उत्तम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा पोखरा १३ का राजु गुरुङ, उत्कृष्ट डिफेन्डरमा पोखरा २७ का रोसन कार्की, उत्कृष्ट स्टाईकरमा पोखरा १३ का नवराज गुरुङ, प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरमा पोखरा २७ का प्रविन थापा घोषित भए र सर्वाधिक गोल कर्ताको उपाधि पोखरा २७ का समिर कार्कीले हात पार्न सफल भए । विभिन्न ईभेण्टमा उपाधि हात पार्ने खेलाडीहरुलाइ जनहि ५-५ हजार नगद सहित पुरस्कृत गरिएको छ । उक्त अवसरमा फुटवल खेलकुदको विकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै एन्फा कास्कीका उपाध्यक्ष मीलन गुरुङलाई सम्मान गरिएको छ ।

विजयी खेलाडिहरुलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराल, पोखरा उपमहानगरपालीकाका कार्यकारी अधिकृत नवराज ढुंगना, नगरपालीकाका बरिष्ठ कानुनी अधिकृत तथा प्रतियोगिता संयोजक नारायण शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...