लनटेनिस खेलाडी अभिलाषा र प्रेरणा भारत जाँदै

काठमाडौं माघ १४ गते । लनटेनिस खेलाडी अभिलाषा विष्ट र प्रेरणा कोइराला आईटीएफ÷एटीएफ डिभिजन १ च्याम्पियनसिप खेल्न शनिबार भारतको दिल्ली जाँदैछन् ।

खेलाडीद्वय जनवरी ८ देखि २१ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको डिभिजन २ बाट छनोट भइ डिभिजन १ खेल्न लागेका हुन् । नेपाली खेलाडीले डिभिजन १ मा खेल्न लागेको यो तेश्रोपटक हो । यसअघि २०१५ मा संरक्षकभूषण वज्राचार्य र एनी माथेमा तथा २०१६ मा इरा रावतले डिभिजन १ खेलेका थिए ।

जनवरी ३० देखि फेब्रुअरी १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने उनीहरुलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले सातदोबाटोमा शुक्रबार बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...