प्रधान सेनापति राष्ट्रिय भलिबल: एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो

काठमाडौं । विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले
प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ
। विहिबार भएको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाउदै
तेस्रो स्थान हासिल गर्न सफल भयो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको
शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भएको तेस्रो
स्थानको खेलमा सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै
पश्चिमाञ्चलले एपीएफमाथी दबाब सिर्जना ग¥यो ।

त्यस्तै एपीएफले निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २५–२२ ले जित दर्ता
गरेपछि सेटमा १–१ को बराबरी ग¥यो । पश्चिमाञ्चल लयमा फर्कदै तेस्रो सेट
२५–१७ ले आफ्नो बनाएपछि सेटमा २–१ अग्रता लियो । निकै रोमाञ्चक रहेको
चौथो सेटमा एपीएफले २९–२७ ले जित हात पारेपछि खेल पाँचौँ सेटतर्फ
धकेलिएको थियो । यद्यपी निर्णायक सेटमा पश्चिमाञ्चलले १५–१३ ले बाजी मार्दै
तेस्रो स्थान हात पा¥यो ।

प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल
पुलिसले शुक्रबार प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले नगद.३ लाख
रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले
७५ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर
र कोचले पनि १०÷१० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताभरिकै
उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...