राखेप पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना मलेसियातर्फ

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना बिहीबार मलेसिया प्रस्थान गरेका छन् । त्यहाँस्थित गैर आवसीय नेपालीहरुले गठन गरेको हिमालयन फुटबल क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन तिम्सिना त्यसतर्फ गएका हुन् ।

उनीसंगै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट पनि मलेसिया प्रस्थान गरेका छन् । दुवैलाई आयोजकले विशेष अतिथिका रुपमा निमन्त्रण दिएको बताइएको छ ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदाइ गरे । उक्त प्रतियोगिताको ओलीले नै उद्घाटन गर्ने कार्यक्रम थियो । विशेष कारणवश ओली जान असमर्थ भएको तिम्सिनाले जनाएका छन् ।
ओलीले यस्ता प्रतियोगिताले विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउदै खेलकुद मानव जीवनका लागि अपरिहार्य भएको धारणा व्यक्त गरे । ४२ टिम सहभागी हुने प्रतियोगिता शनिबार सुरु भइ सोमबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...

Uncategorized