अन्टारटिकाको सर्बोच्च सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत
माउन्ट रजम्यान आरोहण गरेका बिस्व पर्वतारोही संजय पण्डितलाई बुधबार
नेपाल पर्बतारोहंण संघले एक लाख सहित सम्मानित गरेको छ |
संघका अध्यक्ष आङ्ग छिरिंग शेर्पा तथा महासचिब ठाकुर राज पाण्डेले उक्त रकम बराबर चेक
तथा सम्मान पत्र खादा लगाएर सम्मान गर्नु भएको थियो | संजयले सगरमाथा
मनास्लु सहित बिस्वका १० बिस्व सिखर हरु सफलतापुर्बक आरोहण गरेका छन् |
पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलिया को सिखर कोजीयसको
उल्टो हिडेर आरोहण गरेका थिए | पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने
नेपालका पहिलो बिस्व पर्वतारोही हुन् |