पर्वतको कुश्मा बजारमा दिदी बहिनी कप महिला भलिबल फागुनमा

प्रथम दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीता हुने भएको छ । पश्चिमाञ्चल भलिबल सघको आयोजनमा फागुन २४ गतेबाट प्रतियोगिता हुनेछ । आयोजक पश्चिमाञ्चल भलिबल सघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रथम दिदी बहिनी कप राष्ट्रिय भलिबल हुने सम्बन्धि जानकार गराएको हो । प्रतियोगीता पर्वत जिल्लाको कुश्मा बजारमा हुनेछ ।
उक्त प्रतियोगीतामा नेपालका चर्चित पाँच टिम सहित आयोजक टिमको सहभागीता रहनेछ । प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ, न्युुडायमण्ड, नेपाल पुलिस क्लव,पश्चिमाञ्चल भलिबल संघ र नेपाल आर्मीको सहभागीता रहनेछ । प्रतियोगीताको विजेताले रु एक लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ । ब्यक्तिगत विधातर्फ स्पाकर,सेटर,डिफेन्स,क्वीकर, ब्लकरलाई पनि पुरुस्कार राखिएको छ । सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया ,विधागत उत्कृष्ट र उत्कृष्ट प्रशिक्षकले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । आगामी फागुन २४ गतेबाट २८ गते सम्म पर्वत जिल्लाको कुश्मा बजारमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...