प्रधान सेनापति राष्ट्रिय भलिबल: सेना र पुलिस उपाधि नजिक

काठमाडौं ।साबिक बिजेता आर्मी र उपबिजेता पुलिस प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्््् । बुधबार सम्पन्न सेमिफाइनल खेलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेना उपाधि नजिक पुगेको हो । उपाधि दावेदारका रुपमा हेरिएको सेनाले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–१६ को सेटमा हरायो ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भइरहेको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–२ को सेटमा स्तब्ध पार्दैै नेपाल पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट जितेर पनि एपीएफले खेल गुमाउनु पर्यो । पहिलो सेट २७–२५ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ ले सहजै जितेको थियो । त्यसपछिको सेटमा भने पुलिस खेलमा फर्कियो । उसले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट जितेर हौसिएको पुलिसले चौथो सेट पनि २५–१८ ले आफ्नो नाममा पार्न सफल भयो । पाँचौं एवं अन्तिम सेटमा एपीएफलाई निरीह पार्दै १५–७ ले जित्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।
साबिक विजेता आर्मी अपराजित रहँदै ३ खेलबाट ९ अंक जोड्दै समूह एको विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो भने पुलिस पनि समूह बीबाट अपराजित रहदै सेमिफाइनल पुगेको थियो ।
दुई विभागीय टोलीवीचको उपाधि भिडन्त शुक्रबार हुनेछ भने बिहिवार पश्चिमाञ्चल र एपीएफ बीच तेश्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद.३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि १०÷१० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...