प्रधान सेनापति राष्ट्रिय भलिबल जारी, सेमिफाईनलको समिकरण पुरा


प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । साबिक बिजेता आर्मी अपराजित रहदै ३ खेलबाट ९ अंक बनाउदै समूह“ए”को बिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । समुह“बी”को बिजेता बनेको पुलिसले पनि अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । समूह “ए”बाट उपबिजेताको रुपमा एपीएफले सेमिफाईनलमा प्रवेश पाएको छ । साबिक उपबिजेता पुलिससग सेमिफाइृनलमा भेट पक्का गरेको एपीएफले ३ खेलबाट ६ अंक जोडेको थियो । पश्चिमाञ्चलले एक मात्र क्षेत्रिय टिमको रुममा सेमिफाईनलमा उपस्थिति जनाएको छ । समूह “बी”बाट ३ खेलबाट ६ अंक जोडेको पश्चिमाञ्चलले सेमिफाईनलमा आर्मीको चुनौतीको सामना गर्नु पर्ने छ ।
मंगलवार भएको लिग चरणको अन्तिम खेलमा आयोजक आर्मी,पुलिस,एपीएफ र मध्यामञ्चलले जित निकालेका छन् । लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मीले पूर्वाञ्चललाई २५–१९,२५–१५ र २५–१९ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रवेश गर्यो । त्यस्तै पुलिसले पश्चिमाञ्चलमाथी २५–२१,२५–१९,२१–२५ र २५–११ को जित निकाल्यो । मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९,१२–२५,२६–२४ र २५–१५ को सेटमा हरायो । त्यस्तै एपिएफले मध्यपश्चिमाञ्चललाई २५–१९,२५–११ र २५–७ को सोझो सेटमा हरायो ।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा ३ बिभागिय टोली र पश्चिमाञ्चलले सेमिफाईनलको यात्रा तय गर्दा पुर्वाञ्चल पाचौं,मध्यामाञ्चल छैटौं,सुदूरपश्चिमाञ्चल सातौं र मध्यपश्चिमाञ्चल आठौं हुदै लिग चरणबाट बाहिरिए ।


प्रतिक्रिया दिनुहोस

Loading...