१५ औं ज्ञान निकेतन बास्केटबल: इनोभेटिभको दोश्रो जित


काठमाडौं माघ ११ गते । इनोभेटिभले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।
इनोभेटिभले ग्रिनफिल्डलाई २७–१६ ले पराजित ग¥यो । इनोभेटिभका मनीष तामाङले १३ अंक जोडे । जुनियर ब्वाइजमै एन्जल लर्डले काठमाडौं जेभियरलाई २३–१४ ले हरायो । एन्जल लर्डका नवीन तामाङले १३ स्कोर गरे ।
ज्ञान निकेतनद्वारा आयोजित प्रतियोगिताको प्लस टु स्पर्धाको ब्वाइजमा टाइम्स, ब्लु बर्ड, ट्रिनिटी, प्राइम र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सफलता प्राप्त गरे ।
टाइम्सले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४८–३६ ले पन्छायो । टाइम्सका मीन तामाङले १६ अंक जोडे । ब्लु बर्डले ग्रिनफिल्डलाई ५१–३९ ले निराश पा¥यो । ट्रिनिटीले रोज बडलाई ४७–४२ ले पाखा लगायो । ट्रिनिटीका राजन सुनामले १४ अंक जोडे ।
प्राइमले ओमेगामाथि ५४–२२ को सहज जित दर्ता ग¥यो । प्राइमको जितमा सुरज खड्गीले १४ अंक योगदान गरे । किस्क विरुद्धको खेलमा सीसीआरसी ५६–३७ ले विजयी भयो । सीसीआरसीका मनीष केसीले १४ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...