ढोरपाटन डबल लिग महिला भलिबल सम्पन्न: रिड मोडल कलेजलाई उपाधि


काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रिड मोडल कलेजले जितेको छ । प्रतियोगितामा पहिलो पटक सहभागी भएको कलेजले अपराजित रहँदै उपाधि जितेको हो ।

शनिबार भएको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै रिड मोडलले उपाधि निश्चित गरेको हो । उपाधिसँगै रिड मोडलले नगद ३ लाख २० हजार रुपैयाँ पनि हात पार्न सफल भएको छ । रिड मोडलले १५ खेलबाट ४५ अंक हासिल ग¥यो ।

शनिबार भएको उपाधि भिडन्तमा रिड मोडलले एपीएफ क्लवलाई २५–२०, २५–१६ र २५–२० को सेटमा स्तब्ध पा¥यो । त्यस्तै दोस्रो खेलमा रिड मोडलले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पाखा लगायो । न्यु डायमन्डले साहसिक प्रदर्शन गरेको खेलमा रिड मोडल २५–१९, २५–१६, २३–२५ र २५–१९ ले विजयी भयो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव दोस्रो स्थानमा सीमित हुँदा न्यु डायमन्ड एकेडेमी तेस्रो स्थानमा झरेको छ । लिगमा १५ खेल खेलेको एपीएफले १३ खेलमा जित र २ हार बेहोर्दै ३९ अंक जोड्यो भने न्यु डायमन्डले समान खेलबाट ११ जित र ४ हार बेहोरेपछि ३३ अंक लिएर तेस्रो स्थानमा खुम्चियो ।

लिगको अन्तिम खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पाखा लगायो । न्यु डायमन्ड २५–२२, २५–१५ र २५–२३ को सेटमा विजयी भयो । आफूले खेलेका १५ खेलमध्ये ९ खेलमा जित ६ मा पराजय बेहोर्दै पुलिस चौथो स्थानमा सीमित रह्यो भने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पाँचौं, नेपाल आर्मी छैटौं र आयोजक ढोरपाटन स्पोर्टस् क्लव सातौं स्थानमा रह्यो ।

लिगको वेस्ट स्पाइकर रिड मोडलकी निर्मल, वेस्ट लिफ्टर रिड मोडलकै तेरिन, वेस्ट सर्भर, एपीएफकी नेविका चौधरी, वेस्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, वेस्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर

र वेस्ट ब्लकर एपीएफकी उषा विष्ट र वेस्ट कोच रिड मोडलका खुम गाउँले घोषित भए । उत्कृष्ट सबैलाई जनही ५÷५ हजार प्रदान गरिएको थियो । विजयी खेलाडीलाई माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जरमण शर्मालगायतले पुरस्कृत गरे ।

प्रतिभालाई एचिभमेन्ट अवार्ड

न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली ग्रेट एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन् । १२ औं ढोरपाटन महिला भलिबल लिगको समापनका अवसरमा प्रतिभाले अवार्डसँगै एक थान स्कुटर प्राप्त गरिन् ।

त्यसैगरी लिगको राइजिङ प्लेयर आयोजक ढोरपाटन स्पोर्टस् क्लवकी तारा भण्डारी, प्लेयर अफ द सिरिज नेपाल पुलिसकी कामना विष्ट, बर्ष खेलाडी एपीएफकी सरस्वती चौधरी, वेस्ट प्लेयर रिड मोडलकी मिनिमलले प्राप्त गरिन । यी चारै खेलाडीले एक÷एक थान स्कुटर प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...