कुमार राई र प्रतिभा माली सम्मानित

काठमाडौं । नेपाली महिला भलिबललाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याएका न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल एवं भलिबल प्रशिक्षक कुमार राई र राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली सम्मानित भएका छन् ।

किन्डरगार्डेन ग्लोरी नेपालको ग्रान्ड फिनालेका अवसरमा भलिबल प्रशिक्षक राई र नेपालकै चर्चित खेलाडी मालीलाई जी इलेभेन नेपालले सम्मानपत्रद्वारा सम्मानित गरेको हो ।

न्यु डायमन्डका प्रिन्सिपल राई र त्यही स्कुलमा कक्षा १० मा अध्ययनरत चर्चित भलिबल खेलाडी मालीलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्य, जी इलेभेन नेपालका अध्यक्ष रामबहादुर श्रेष्ठले सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...