ढोरपाटन डबल लिग महिला भलिबल: एपीएफ र रिड मोडल शीर्ष स्थानमा


काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान सशस्त्र प्रहरीको एपीएफ क्लव र रिड मोडल कलेजले संयुक्त रुपमा कब्जा गरेका छन् । शुक्रबार दोहोरो जित निकाल्दै स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले एपीएफसँग अंक बराबरी गरेको हो ।

शुक्रबार भएको खेलमा रिड मोडलले आयोजक ढोरपाटन स्पोर्टस् क्लव र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । लिगको पुछारमा रहेको आयोजक ढोरपाटनलाई २५–८, २५–१२ र २५–७ ले पाखा लगायो भने पश्चिमाञ्चललाई २५–१४, २५–१२ र २५–८ ले हरायो । दोहोरो जितसँगै रिड मोडलले १३ खेलबाट ३९ अंक जोडेको छ भने एक खेल बढी खेलेको एपीएफ क्लवको पनि ३९ अंक नै छ ।

शुक्रबार नै एपीएफले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित ग¥यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमन्डलाई २५–१३, २५–२७, २५–१५ र २५–२१ को सेटमा पराजित ग¥यो । एपीएफ १४ खेलबाट ३९ अंक जोड्दा १३ खेल खेलेको न्यु डायमन्ड एकेडेमी ३० अंकका साथ तेस्रो स्थानमा छ ।

शुक्रबार भएको खेलमा विजय हासिल गर्दै विभागीय टोली नेपाल पुलिस क्लवले चौथो स्थानलाई थप मजबुद बनाएको छ । पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिस आर्मीविरुद्ध २५–१८, २५–२२ र २५–२० ले विजयी भयो ।

पुलिसले १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा रहँदा पश्चिमाञ्चल १४ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । त्यसैगरी विभागीय टोली आर्मीले १४ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लवले दोस्रो चरणको कुनै खेलमा सफलता हात पार्न नसक्दा १५ खेलबाट ८ अंकमा सीमित भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...