शनिबारका दिन रोयल नेपाल गल्फ क्लबमा SUBISU INVITATIONAL गल्फ प्रतियोगिता

नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क  सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा। लि। ले जनवरी २१,२०१७, शनिबारका दिन रोयल नेपाल गल्फ क्लबमा SUBISU INVITATIONAL गल्फ प्रतियोगिता २०१७ आयोजना गर्दैछ ।

Subisu Cable Net (P.) Ltd द्धारा प्रथम पटक आयोजना गरिएको यस SUBISU INVITATIONAL गल्फ प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारीक पृष्ठभुमिका लगभग ६० गल्फ खेलाडीहरु भाग लिदै छन । सुबिसुका प्रमुखकार्यकारी अधिकृत श्री विनयमोहन साउदज्यू  भन्नुहुन्छ “SUBISU INVITATIONAL गल्फ प्रतियोगितामा आयोजना गर्नुको प्रमुख उद्देश्य भनेको नेपालमा करपोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्नू नै हो ।

खेल stable ford format मा खेलिने छ जुन महिला र पूरुषगरी दुई भागमा विभाजित छ । विजेताहरुलाई ट्रोफि र पुरस्कार प्रदान गरीने छ । अतिथि तथा Non Golfer का लागि पनि छुटै Putting Competition को आयोजिना गरिएको छ । यो प्रतियोगिता खेलमा मात्रै सिमित नभई, खेलाडि तथा विभिन्न कर्पोरेट जगतका अतिथिहरु संग अन्तरक्रियागर्ने एक रमाइलो थलो हुनेछ ।

सुबिसुका बारेमा ः
सुबिसु केवलनेट (प्रा.) लि.ले केवलतथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएल एस भि पिएन एस (MPLS VPNs), होलसेल आइपि (Wholesale IP Transit), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV बारेमा
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले केबल मार्फत,  MPEG4 Standard Definition / High Definition channels को प्रयोग गरि Conditional Access System(CAS) को  माध्यमबाट प्रसारण गर्दछ । हाल सेवामा १५५ भन्दा बढि च्यानलहरु छन जस्मा ४० वटा एचडि च्यानलहरु छन ।


प्रतिक्रिया दिनुहोस

Loading...