प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी कराते खेलाडीको बिदाई


काठमाडौं । भारतको गुजरात शहरमा यही माघ ९ र १० गते आयोजना हुने प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता एवं भारतकै बेग्लोरमा हुने इन्डो नेपाल वादोरियो कराते प्रतियोगितामा सहभागी हुन खेलाडीको बिदाई गरिएको छ ।

अत्तरखेल, जोरपाटीमा आयोजित एक कार्यक्रमकावीच प्रतियोगितामा सहभागिता जनाउन लागेका खेलाडी, प्रशिक्षक र अफिसियललाई नेपाल वादो फेडरेसनले मंगलबार बिदाइ ग¥यो । नेपाली टोली बुधबार भारततर्फ प्रस्थान गर्नेछ ।
गुजरातमा हुने प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहने छ । जसमा अस्ट्रेलिया, तान्जानिया, भुटान, नेपाल, बंगलादेश, श्रीलंका र आयोजक भारत रहेका छन् । गुजरातपछि नेपाली टोली बेग्लोरमा आयोजना हुने इन्डो नेपाल वादोरियो कराते प्रतियोगितामा सहभागी हुन त्यसपछि जानेछ ।

यस प्रतियोगितामा नेपालका २३ जनाले कुमुते र २३ जनाले नै कातामा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक अरुणकुमार कार्कीले जानकारी दिए । प्रतियोगितामा काताको जुनियर ब्वाइजतर्फ गोविन्द थापा मगर, नोर्बु तामाङ, ओम बोहरा र मिङ्मा शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी सिनियर ब्वाइजमा केशव सुब्बा, अजयभक्त श्रेष्ठ, मानबहादुर मोक्तान र भरत राना मगरलगायतले प्रतिस्पर्धा गर्नेछन् । काताकै गल्र्सतर्फ सञ्जु तामाङ, अनुषा खड्काले आफ्नो कला प्रस्तुत गर्नेछन् ।

त्यसैगरी कुमुतेको गल्र्सतर्फ ३० केजी तौल समूहमा सुहाना कार्की, ४० केजीमा सञ्जु तामाङ, ४५ केजीमा अनुषा खड्काले प्रतिस्पर्धा गर्दा ब्वाइजको ३५ केजी तौल समूहमा स्वर्णिम पनेरु, ३५ केजीमा पवन बोहरा, ४५ केजीमा गोविन्द थापा र मनिष तामाङ तथा ५० केजी तौल समूहको सिनियर ब्वाइजमा चरत राना मगर जुनियर ब्वाइजमा श्यामबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा अरुणकुमार कार्की र टिम म्यानेजरमा पेम्वा तामाङ रहेका छन् भने रेफ्रीमा मानबहादुर मोक्तान छन् । भारत जान लागेको नेपाली टोलीलाई नेपाल वादो फेडरेसनका अध्यक्ष सञ्जय लामा, तेन्जिङ सुमी र कमलराज श्रेष्ठलगायतले बिदाई गर्दै सफलताको शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...