ढोरपाटन डबल लिग महिला भलिबल: एपीएफको दोहोरो जित

काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवले दोहोरो जित हात पारेको छ ।

पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सेटमा पराजित गरेको एपीएफले दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई पनि ३–० को सेटमै हरायो । एपीएफ पश्चिमाञ्चलविरुद्ध २५–१५, २५–१५ र २५–१४ को सोझो सेटमा विजयी भयो । त्यसैगरी नेपाल पुलिसलाई २५–१७, २५–१७ र २५–१२ को सेटमा पाखा लगायो । दोहोरो विजयसँगै एपीएफले रिड मोडल कलेजसँग अंक बराबरी गरेको छ । एपीएफले ११ खेलबाट ३० अंक जोडेको छ भने १० औं खेलमा विजय हासिल गरेको रिड मोडलले पनि ३० अंक नै जोडेको छ । एपीएफ र रिड मोडलको अंक बराबरी भए पनि एक खेल कम खेलेको रिड मोडल लिगको शीर्ष स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार भएको दोस्रो चरणको खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा रिड मोडलले पराजित ग¥यो । स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले आर्मीलाई २५–९, २५–९ र २५–८ को सेटमा हरायो ।

मंगलबार नै भएको अन्य खेलमा न्यु डा एकेडेमी, नेपाल आर्मी र पश्मिाञ्चलले पनि सफलता पाएका छन् । न्यु डायमन्डले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई ३–० को सेटमा पराजित ग¥यो । एकपक्षीय खेलमा न्यु डायमन्ड २५–११, २५–१० र २५–२१ को स्कोरमा पाखा लगायो ।

त्यसैगरी नेपाल आर्मीले ढोरपाटन स्पोर्टस् क्वललाई ३–१ को सेटमा हरायो । आर्मी २५–९, १२–२५, २५–१२ र २५–१६ ले विजयी भयो । त्यसैगरी मंगलबार नै दोस्रो खेल खेलेको पश्चिमाञ्चलले ढोरपाटनलाई ३–० को सेटमा पाखा लगायो ।


प्रतिक्रिया दिनुहोस

Loading...