आजदेखि १५ औं आहारारा गोल्डकप

पोखरा ४ माघ । पोखरा रंगशालामा आज मंगलबारदेखि १५ औं आहा रारा गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदुरपश्चिम ११ स्पोर्टिङ क्लब, धनगढी भिड्ने भएका छन् ।

आयोजक सहारा क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा यी दुई टिम भिड्न लागेका हुन् । उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग क्वार्टरफाईनल खेल्नेछन् । ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन अर्थात् माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच प्रतिश्पर्धा हुनेछ । सो खेलको विजेताले माघ ९ गते सेमिफाईनलमा स्थान बनाउन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीको सामना गर्नेछ । त्यस्तै, माघ ६ गते अमेरिकी टिम र रमपम झापा ११ बीच प्रतिश्पर्धा हुनेछ । सो खेलको विजेताले माघ १० गते अन्तिम चार प्रवेशका लागि आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनलमा माघ ७ गते संकटा क्लब र नेपाल पुलिस क्लब भिड्नेछ । सो खेलको विजेताले माघ ११ गते बंगलादेशी टिमसँग प्रतिश्पर्धा गर्नुपर्नेछ । खेल तालिका अनुसार युनाइटेड सिक्किम, बंगलादेशी क्लब , आर्मी क्लब र मनाङमस्र्याङदी बाई पाएर सिधै क्वार्टरफाइनल खेल्नेछन् ।

प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वा्धिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

आजको खेल

आयोजक सहारा क्लब पोखरा Vs सुदुरपश्चिम ११ स्पोर्टिङ क्लब, धनगढी


प्रतिक्रिया दिनुहोस

Loading...