दोस्रो रुस्लान कप क्रिकेटः न्यु होराइजन र सुदूरपश्चिम एकेडेमी सेमिफाइनलमा, नेपाली राईनोज र आयोजक बाहिरिए

खेलदैनिक, माघ २ – दोस्रो रुस्लान कप क्रिकेट अन्तर्गत आईतबार खेलमा जीत हात पार्दै धनगढीको सुदूरपश्चिम एकेडेमी र बुटवलको न्यु होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले हराएको हो भने सुदूरपश्चिमले आयोजक काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसिटिसीलाई ४६ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको न्यु होराइजनले ५ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । होराइजनका लागि निर्मल थापाले ३० तथा विक्रम भुसालले २७ रन बनाए ।  १ सय ५ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । राइनोजले लागि सोनु तामाङले २७ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । राइनोजका ८ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस्तै, आइतबारै भएको अर्को खेलमा सुदूरपश्चिमले आयोजक काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसिटिसीलाई ४६ रनले हराएको हो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । सुदूरपश्चिमका लागि राजवीर सिंहले सर्वा्धिक ६२ रनको योगदान गरे ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको केसीटिसीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको सेमिफाइनलमा सोमबार नेपाल पुलिस र न्यु होराइजन तथा नेपाल आर्मी र सुदूरपश्चिमबिच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...