१२ औं ढोरपाटन डबल लिग महिला भलिबल: रिड मोडल कलेज शीर्ष स्थानमा

काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ । भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको स्वयम्भू ठूलो भ¥याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।

बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा आइतबार भएका दुबै खेलमा विजय हासिल गर्न सफल रिड मोडलले पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिर स्कुललाई पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल पुलिस क्लवलाई पाखा लगाउन सफल भयो ।

आइतबार भएको पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिरलाई २५–६, २५–४ र २५–६ को सोझो सेटले पराजित गरेको रिड मोडलले दोस्रो खेलमा नेपाल पुलिसलाई २५–७, २५–१२ र २५–२० को सोझो सेटमा पाखा लगाउन सफल भयो ।
लिगमा ७ खेल खेलेको रिड मोडलले अपराजित रहँदै २१ अंक जोडेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लव र न्यु डायमन्ड एकेडेमीको पनि २१ अंक नै भए पनि अपराजितका आधारमा रिड मोडलले शीर्ष स्थानमा रहन सफल भएको हो । रिड मोडलसँग एपीएफ र न्यु डायमन्ड दुवै पराजित भएका थिए । भोलि हुने न्यु डायमन्ड र एपीएफवीचको खेलबाट दोस्रो र तेस्रो स्थानमा रहने टिमको छिनोफानो हुनेछ ।

रिड मोडलले भोलि पहिलो खेल आयोजक ढोरपाटन स्पोर्टस् क्लवसँग खेल्ने छ भने दोस्रो खेलमा नेपाल आर्मीको सामना गर्नेछ । आइतबार नै भएको अर्को खेलमा पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिभा माली हावी भएको खेलमा न्यु डायमन्ड २५–१३, २५–१५ र २५–१९ ले विजयी भयो । आफ्नो सातौं खेलमा विजयी भएको न्यु डायमन्ड एकेडेमीले ८ खेलबाट २१ अंक जोडेको छ ।

आइतबारै दोस्रो खेल खेलेको पश्चिमाञ्चलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सेटमा पराजित ग¥यो । पश्चिमाञ्चल २५–१४, २५–९ र २५–८ को सेटमा विजयी भयो । त्यसैगरी नेपाल आर्मीले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१६ र २५–२० को सोझो सेटमा पराजित ग¥यो ।

पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । नेपाल पुलिस क्लवले ९ खेलबाट १८ अंक जोड्दै लिगको चौथो स्थान कब्जा गरेको छ । त्यसैगरी ८ खेल खेलेको नेपाल आर्मीले ४ जितसँगै १२ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ८ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस् क्लवको ९ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ९ खेलबाट एक अंक जोडेको छ ।

लिग अन्तर्गत सोमबार पहिलो चरणको अन्तिम ३ खेल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...