पोखरा स्र्पोट्स अर्वाडका लागि सूर्य गुरुङ्गले गरे सहयोग

पोखरा, १ माघ । नेपाल खेलकुद पत्रकार मंच कास्कीले आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग आउने क्रम जारी रहेको छ । यसै सिलसिलामा पोखरा निवासी तथा हाल बेलायतमा रहनुु भएका समाजसेवी सूर्य गुरुङ्गले पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग गर्ने भएका हुन ।

उनले स्र्पोट्स अर्वाडका लागि व्यक्तिगत रुपमा नगद २५ हजार प्रदान गर्ने र युकेमा रहनु हुने अन्य साथीभाई हरुलाई समेत स्र्पोट्स अर्वाड सफल बनाउन सहयोगका लागि आह्वान गर्ने वताएका छन ।

उनी गैर आवाशिय नेपाली संघ (एनआएनए) युकेका पूर्व अध्यक्ष समेत हुन । उनले बेलायतमा ‘च्यारिटी किङ्ग’ को उपनामले समेत प्रख्याती पाएका छन । उनले नेपालको भुकम्प पिडित, शिक्षा, खेलकुद लगाएत अन्य सामाजिक कृयाकलापमा व्यक्तिगत तथा च्यारिटी कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेका छन ।

स्मरण रहोस पोखरा स्र्पोट्स अर्वाडका लागि गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्छेत्र गुरुङ्गले ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरिसकेका छन । पोखरा स्र्पोट्स अर्वाड २०७४ वैशाखमा आयोजना हुँदैछ भने नगद सहयोग आउने क्रम समेत जारी छ । दुवै जनाले गरेको सहयोगका लागि खेलकुद पत्रकार मंच कास्कीको बैठकले आभार समेत व्यक्त गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...