सहारा क्लब पोखराले पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान गर्ने

स्थापनाकाल देखि फुटबल खेलको विकास र प्रवद्र्धनमा समर्पित रहि विविध सामाजिक कार्य गर्दै आईरहेको सहारा क्लब पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भै फुटबल खेलको विकासमा योगदान पु¥याउनुहुने भु.पू.फुटबल खेलाडीलाई सम्मान गर्दै आईरहेको सन्र्दभमा यस बर्ष १५ औं आहा । रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को समुदघाटन समारोहमा पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान गर्ने भएको छ ।

भू.पु.खेलाडी सम्मान छनौट उपसमितिका संयोजक खेम बहादुर गुरुङ्गको संयोजकत्वमा विक्रम थकाली,महेश गुरुङ्ग,वीरभद्र आचार्य,बसन्त थकाली,केशब बहादुर थापा,केशब राज बराल समेतको ७ सदस्यीय प्रतिभा छनौट उपसमितिको खोजी तथा पटकपटकको बैठकले उक्त नाम सिफारिश गरेको हो ।

त्यस्तै संस्थाको स्थापनाकाल देखि बर्तमानसम्म प्रायोजनकारी भूमिका निर्वाह गरी संस्थालाई यस उचाईसम्म ल्याईपु¥याउन हुन योगदान गर्नुु हुने,वरिष्ठ उद्योगपति एवँ मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.का कार्यकारिणी अध्यक्ष पूर्व सभासद सुर्य बहादुर के.सि. लाई पनि सोही अवसरमा सम्मान गरिने क्लबको कार्यकारिणी समितिले निर्णय गरेको छ भने प्रतियोगिताको समारोह समारोहमा सहारा यु.के.को निबर्तमान अध्यक्ष को हैसियतले सच्चा समाजसेवामा समर्पित रहि निस्वार्थभावनाले अनुकरणीय योगदान गर्नुभएकोमा सहारा यु.के.का निबर्तमान अध्यक्ष दिलिप कुमार गुरुङ्गलाई पनि सम्मान गर्ने सहारा क्लब पोखराको संस्थागत निर्णय भएको जानकारी गराईन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...