१२ औँ ढोरपाटन महिला डबल लिग भलिबलः एपीएफ र न्युडायमण्डको संयुक्त अग्रता

काठमाडौँ २६ पुस । चिरपरिचित प्रतिद्धन्दि विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन ।

नयाँबसपार्कमा मंगलबार एपीएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शिर्ष स्थानमा रहेको न्युडायमण्डसँग अंक बराबरी ग¥यो । चौथो दिनको खेलमा एपीएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो । यद्यपी लगातार तीन सेट २५–१२,२५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अंक बट्ल्यो । एपीएफ र न्युडायमण्डले ४ खेलबाट अपराजित रहदै समान १२ अंक बनाएका छन् । आफ्नो पहिलो खेल पराजय बेहोरेपनि दोस्रो खेलमा पश्चिमाञ्चलले सफलता हात पार्दै २ खेलबाट