राष्ट्रिय टीमका गोलकिपर किरण चेमजोङ माल्दिभ्स प्रस्थान

खेलदैनिक, पुस २५ नेपाली राष्ट्रिय फुटबल टीमका अनुभवी गोलकिपर किरण चेमजोङ माल्दिभ्स प्रस्थान गरेका छन् । उनी माल्दिभ्सको टी एण्ड सी स्पोर्टस् क्लबमा अनुबन्धन भएका हुन् ।

चेमजोङ माले पुगेपछि क्लबसँग अनुबन्ध पेपरमा हस्ताक्षर गर्नेछन् । आपसी सहमतिमै त्यहाँको भेटेरान गोलरक्षक ईमरान मोहम्मदले क्लब छाडेपछि सो स्थानमा नेपालका नम्बर वान गोलरक्षक चेमजोङलाई क्लबले अनुबन्ध गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...