राष्ट्रिय टीमका स्ट्राईकर अञ्जन विष्ट स्पेन उडे

खेलदैनिक, पुस २५ /  नेपाली राष्ट्रिय फुटबल टीमका युवा स्ट्राईकर अञ्जन विष्ट स्पेन उडेका छन् । उनी सोमबार स्पेन स्थित मार्बेला युनाईटेड एफसीमा प्रशिक्षणका लागि त्यसतर्फ गएका हुन् ।

अञ्जनले सो एकेडेमीमा प्रशिक्षण लिनेछन् । उनले तत्पश्चात त्यहाँ विभिन्न युरोपियन क्लबमा ट्रायल दिने सम्भावना छ ।

यस्तै, अर्का राष्ट्रिय टोलीका युवा स्ट्राईकर विमल घर्तीमगर भने अर्को हप्ता स्पेन जाने बताईएको छ ।

अञ्जनसँगै राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङलाई पनि आमन्त्रण भएकोमा उनी भने हाल अस्वस्थ रहेकाले जान भएका छैनन् । अनन्त घुँडाको समस्याको कारण उपचारमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...