मदन भण्डारी स्पोर्ट्स एकेडेमी फाइनलमा

काठमाडौँ, पुस २५ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरीको ठूलो ढुंगामा भएको सेमिफाइनलमा एकेडेमीले सानोगौचरण नाइट किङ क्लबलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठ र नरेन्द्रमान श्रेष्ठले १–१ गोल गरे । राकेश ‘म्यान अफ द म्याच’ चुनिए । नाइट किङका बसन्त गुरुङले १ गोल फर्काए ।

फाइनलमा एकेडेमीको भेट चितवन एफसीसंग हुनेछ । चितवनले वीरगन्ज युथ एकेडेमीलाई अर्को सेमिफाइनलमा ४–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ रविन्द्र श्रेष्ठले २ तथा यमबहादुर गुरुङ र सुकलाल तामाङले १–१ गोल गरे ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...