चितवन: राष्ट्रपति रनिङ शिल्डको क्षेत्रिय प्रतियोगिता सुरु

खेल दैनिक, पुस २४ नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत आईतवारदेखी क्षेत्रिय स्तरका खेलहरु सुरु भएका छन् ।

जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएको क्षेत्र नम्वर १ को क्षेत्रिय खेल खैरहनी उच्च माविमा एक औपचारीक कार्यक्रमबीच  जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले उद्घाटन गरे  । सो अवसरमा वोल्दै जिल्ला शिक्षा अधिकारी अर्यालले प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर सिर्जना हुने वताए  । अतिरिक्त क्रियाकलापको जिल्ला शिक्षा कार्यालयले मुल्यांकन समेत गर्ने भएकाले सक्रिय सहभागीता जनाउन जिशिअ अर्यालले आग्रह गरे  । जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले खेलकुदले एकतावद्ध गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी उच्च माविका प्रधानाध्यापक भरतप्रसाद पोखरेल,सचिव रामजी ढकाल लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिता अन्र्तगत आईतवार विभिन्न खेलहरु भएका छन् ।  पुरुष र महिला प्रन्ध सय मिटर दौडमा खैरहनी उच्च माविले वर्चस्व जमायो । पुरुष प्रन्ध सय मिटर दौडमा खैरहनी उच्च माविका राजन खड्का प्रथम हुँदा खैरहनी उच्च माविकै सुरज यादव द्धितिय भए भने भण्डारा उच्च माविका विवेक थिंङले तृतिय स्थान हासिल गरेका प्रतियोगिताका संयोजक सुदन दराईले जानकारी दिए  । महिला पन्ध्र सय मिटर दौडमा खैरहनी उच्च माविकी सृजना प्रर्जा,कपिया माविकी कृष्णमाया चौधरी र खैरहनी उच्च माविकी सलिना प्रर्जा क्रमस प्रथम,द्धितिय र तृतिय भए ।

आईतवारै भएको पुरुष सटफुटमा वीरेन्द्र उच्च माविका सुनिल तामाङ प्रथम,कपिया माविका विशाल लामा द्धितिय र बीरेन्द्र आर्दश उच्च माविका अर्जुन लामा तृतिय भए  । महिला सटफुटमा गवै माविकी देवमाया थापा प्रथम,वीरेन्द्र आर्दश माविकी वर्षा कार्की द्धितिय र खैरहनी माविकी स्वस्तिका चौधरीले तृतिय स्थान हासिल गरेको संयोजक दराईले वताए ।  आजनै लङजम्प,पुरुष महिला एक सय मिटर दौड ,भलिवल र कवर्दी प्रतियोगिता पनि भएको छ ।  ९ वटा विद्यालय सहभागी क्षेत्र नम्वर एकको प्रतियोगिता सोमवार सम्म चल्ने छ ।

क्षेत्रिय स्तरकाकचता प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए  । आचार्यका अनुसार प्रतियोगितामा हुने कराँते,उसु र तेक्वान्दोका खेल भने जिल्लामै हुनेछ ।  राष्ट्रपति रनिङ शिल्डमा टिम प्रथम हुने विद्यालयले नगद ७५ हजार र ट्रफी तथा द्धितिय हुने विद्यालयले नगद ५० हजार र ट्रफी प्राप्त गर्ने आयोजक जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...

Uncategorized