खेलाडी किनबेचमा झन्डै ४७ लाख खर्च, सागर, सोमपाल, करण र मेहबुब सबैभन्दा महँगा खेलाडी

काठमाडौं, पुस २३ – आगामी चैतमा हुने धनगढी प्रिमियर लिगको लागि शनिबार खेलाडी बोलकबोल गरिएको छ । काठमाडौंको याक एन्ड यती होटलमा भएको बोलकवोलमा ६ वटा टिमले खेलाडी किन्न ४६ लाख ८५ हजार रुपैयाँ खर्च गरेका छन् । खेलाडी किनबेचका लागि सबैभन्दा धेरै विनोद भन्डारी क्याप्टेन रहेको कन्चनपुर आइकनिकले ८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । कप्तान विनोद भन्डारी डेढलाखमा अनुबन्ध भए । सागर पुनलाई १ लाख र सुनिल धमला, अविनाश कर्ण र सिद्धान्त लोहनीलाई ८० हजारमा किनेको छ ।

पारस खड्का कप्तान रहेको टिम धनगढी चौराहले ८ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ । टिम धनगढीले, कप्तान पारस खड्कालाई डेढ लाख रुपैयाँ, पृथु बाँस्कोटालाई ९० हजार, आरिफ सेखलाई ८० हजार र राजु रिजाललाई ७० हजार रुपैयाँ मा किनेको छ ।
यस्तै बसन्त रेग्मी कप्तान रहेको काठमाडौं गोल्डेनले ७ लाख ९५ हजार रुपैयाँ खर्चेको छ । कप्तान रेग्मीलाई डेढलाख रुपैयाँ, सोमपाल कामीलाई १ लाख र नरेश बुढाऐरलाई ९५ हजार रुपैयाँमा किनेको छ  । यस्तै भुवन कार्की ८० हजार रुपैयाँमा अनुबन्ध भए ।

यस्तै अर्को टोली सि वाइ सी अत्तेरियाले ७ लाख ९० हजार रुपैयाँ खर्च गर्‍यो । कप्तान ज्ञानेन्द्र मल्ललाई डेढ लाख रुपैयाँमा अनुबन्धन गरेको छ । उसले करण केसी र मेहवुव आलमलाई समान १/१ लाख रुपैयाँमा किन्यो । यस्तै प्रदिप ऐरी ९० हजार रुपैयाँ र सन्दिप सुनारलाई ८० हजार रुपैयाँमा किनेको छ । शक्ति गौचन कप्तान रहेको रुपन्देही च्यालेन्जर्सले पनि खेलाडी किन्न ७ लाख २० हजार रुपैयाँ खर्चियो । कप्तान शक्ति गौचन डेढलाख रुपैयाँ, विक्रम सोव, राजेश पुलामी मगर र सुभास खकुलेरलाई समान ८०/८० हजार रुपैयाँमा अनुबन्ध भए ।

अर्को टिम विराटनगर किङ्गले पनि खेलाडी किन्न सात लाख रुपैयाँ खर्च गरेकोे छ । उसले कप्तान शरद भेषवाकरलाई डेढलाखरुपैयाँ ,दिपेन्द्रसिंह ऐरीलाई ८० हजार रुपैयाँ, सन्दिप लामिछानेलाई ६० हजार रुपैयाँ, जितेन्द्र मुखिया र प्रनित थापामगरलाई समान  ५०/५० हजार रुपैयाँ तिरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...