मनाङलाई स्तव्द पार्दै आर्मी बिजयी

राजन दाहाल

हेटौंडा( हेटौंडामा भएको दोश्रो दुवोर्ग अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभूवन आर्मी क्लबले उचालेको छ । फाइनलमा मनाङलाई स्तव्ध पार्दै आर्मीले २(० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि माथि कव्जा जमाएको हो ।

निकै प्रतिष्पर्धात्मक खेलको सुरुवातमा आर्मिमाथि हावि भएको मनाङले गोलको लागि मौंका बनाएपछि निर्णय निकाल्न सकेको थिएन । सुरुवातको केहि समय दवाबमा परेको आर्मिले पनि पाएको केहि मौंकालाई सदुपयोग गर्न सकेन। मनाङका डिफेण्डरको नजरमा परेका नबयुग श्रेष्ठ र भरत खवासले पाएका केहि मौका सुरुवाती तहमा सदुपयोग नभएपनि खेलको १८ औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । क्रस बललाई आर्मीका कप्तान भरत खवासले गोल गर्दै अग्रता दिलाए थिए ।

आर्मी एक गोलले अगाडि बढेसँगै निकै दवाबमा परेको आवास दिलाएको  मनाङ १९ औं मिनेटमा १० जनामा सिमिति बन्यो । खेलमा मनाङका बिदेशी फरर्वड ओलावलेले आर्मिका सन्तोष तामाङ लाई फल हानेपछि रेफ्री सुदेश पाण्डेले दिएको एल्लोसँग ओलावलेले अपशव्द प्रयोग गरेपछि रेड कार्ड दिएका थिए । पहिलो हाफको सुरुवात बाटै १० खेलाडिमा समेटिएको मनाङले खेलमा निकै राम्रा मुभहरु बनाएपनि  खेललाई बराबरीमा ल्याउन सकेन । दोश्रो हाफमा मनाङले केहि खेलाडि परिर्वतन गर्दै खेललाई आक्रमक बनाउँने प्रयास गरेपनि सफल भएको थिएन  । प्रतिश्पर्धामा आर्मिका घरै प्रयास सफल बनेन । खेलमा गोल थप्ने प्रयासमा रहेको आर्मी र बराबरी गर्ने प्रयासमा जुटेको मनाङको प्रयास असफल भएको थियो ।

मनाङका फरवर्ड अनिल गुरुङ, नबयुग श्रेष्ठ, सन्तोष तामाङले पाएका प्रयासलाई सदुपयोग गर्न नसक्ला अर्मिले खेललाई बाराबरीमा ल्याउन सकेनन् । मनाङको प्रयास चलिरहेको समयमा आर्मिले दोश्रो गोल थप्यो । मनाङले खेलको फल बलमा पाएको फ्रीकिक बललाई आर्मीका सन्तोष तामाङले गोलमा परीणत गरीदिएका थिए । सन्तोषको गोल नै प्रतियोगिताको अन्तिम बिजयी गोल बन्दै आर्मिले नगद ५ लाख र उपबिजेता बनेको मनाङले नगद ३ लाख रुपियाँ सहित शिल्ड र मेडल प्राप्त गरे । प्रतियोगिताको द्धितिय पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको हो ।

प्रतियोगिताको एएफयू म्यान अफ दी म्याच आर्मीका भरत खवास भए । उनले नगद ३ हजार रुपियाँ रहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा मनाङका बिराज महर्जन बेष्ट डिफेण्डर, आर्मिका भरत खवास बेष्ट फर्रवड, आर्मीका बिकेश कुथु बेष्ट किप्पर, आर्मीका बेष्ट मिडफिल्ड सन्तोष तामाङ, बेष्ट कोच आर्मीका नबिन न्यौपाने घोषित भए उनिहरुले जनही १५ ( १५ हजार रुपियाँ सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको बेष्ट प्लेयर आर्मिका सन्तोष तामाङ धोषित भए उनले नगद ५० हजार रुपियाँ सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता समापनाको क्रममा मकवानपुरमा रहेर कृयाशिल पत्रकारीतामा रहेका कान्तिपुर दैनिकका उपसम्पादक प्रताप बिष्टलाई १५ हजार ५ सय ५५ रुपियाँ राशीको सुमन भोम्जन स्मृती खेलकुद पत्रकारीता पुरस्कार २०७३ बितरण गरिएको थियो । प्रतियोगिताका बिजयी तथा उपबिजयी खेलाडिलाई राप्रपाका अध्यक्ष कमल थापा, नेपाली सेना मध्यपृेतना हेडक्वाटर हेटौंडाका पृतनापती देब प्रसाद सुवेदी, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी लगायतकाले पुरस्कार बितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...