भेट्रान फुटबलमा धरानसँग बिर्तामोड पराजित

झापाको लखनपुर–१ स्थित आदिवासी रङशालामा शुक्रबारदेखि सुरु भएको पूर्वाञ्चल स्तरीय भेट्रान फुटबलको उद्घाटन खेलमा धरान भेट्रान क्लब विजयी भएको छ ।

धरानले बिर्तामोड भेट्रानलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिनु परेको थियो ।

खेलमा अग्रता पनि धरानले नै लिएको थियो । उसका तिर्थ आलेले खेल सुरु भएको पाँचौँ मिनेटमै गोल गरेका थिए ।

त्यसको ३ मिनेटपछि नै गणेश सम्बाहाम्फेले गोल गर्दै धरानको आग्रता दोब्बर पारेका थिए । तर दोस्रो हाफमा बिर्तामोडले खेललाई बराबरीमा ल्याएका थिए ।

उसका प्रविण थापाले एक गोल गरेका थिए भने एक गोल धरानबाट आत्मघाती उपहार पाएको थियो । धरानका खगेन्द्र लिम्बुले आत्मघाती गोलको उपहार दिएका थिए ।

खेलमा धरानका राजेश राई म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार युनाईटेड भेट्रान क्लव बिराटनगर र आयोजक पूर्वाञ्चल भेट्रान क्लब लखनपुरबीच खेल हुने प्रतियोगिताका खेल संयोजक शान्तकुमार राईले जानकारी दिए ।

माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५५ हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...