नेपाल आर्मि क्लब हेटौंडामा जारी फुटबलको फाईनलमा प्रवेश

राजन दाहाल

हेटौंडा घरेलु प्राइमक्लनिक बिजय युथ क्लब हेटौंडालाई सेमिफाइनलमा पराजित गर्दै नेपाल आर्मि क्लब हेटौंडामा जारी फुटबलको फाईनलमा प्रवेश गरेको छ । सुक्रबार भएको सेमिफाइनलमा बिजय युथलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मि टुवोर्ग अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

भूकम्पमा परि निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतीमा गठित सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिताको दोश्रो पटक पनि फाइनल खेल्ने भएको हो । आर्मिले फाइनलमा गत बर्षको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीको सामना गर्ने छ । प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पाएका मौकाहरु दुबै टिमले सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको हो ।

प्रतियोगिताको दोश्रो हाफ पहिलो भन्दा निकै प्रतिश्पर्धात्मक बनेको थियो । निर्णय निकाल्नका लागि आतुर रहेका खेलाडिको प्रतिश्पर्धा खेलको ८० औं मिनेटमा सफल भयो । ८० औं मिनेटमा गोल गदै बिदेशी खेलाडि अजाई मार्टनीले बिजय युथलाई अग्रता दिलाएका थिए । गोलअन्तरले पछि परेको आर्मिले इन्जुरी समयको अन्तीम ३० सेकेन्ड बाँकी हुदा खेललाई बराबरीमा ल्याएको थियो । अन्तिम समयमा सेन्टरमा पाएको अफसाइड बललाई नबयुग श्रेष्ठले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेल बराबरी भएपछि २० मिनेट थप समय खेलाइएको थियो । थप समयको पहिलो मिनेटमै आर्मिले अग्रता लिएको थियो । बिजय युथको डिबक्समा रुमलिएको बललाई क्याप्टेन भरत खवासले गोलमा परिणत गरे । गोल अन्तरले पछि परेपछि बिजय युथ निरास बनेको थियो । गोल अन्तर बनाउने क्रममा आर्मिले खेलको ९४ औं मिनेटमा तेश्रो गोल गरेको थियो । आर्मिका लागि हिरन्य मगरले गोल गरे । खेलमा गोल अन्तर कमगर्ने प्रयासमा रहेको बिजय युथको प्रसा सफल हुन नपाउँदै खेलका १०६ औं मिनेटमा दिप लामाले गोल गर्दै टिमलाई बिजयी बनाए ।

प्रतियोगितामा आर्मिका बालकृष्ण श्रेष्ठ एएफयु म्यान अफ दी म्याच घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली मनाङ मस्याङदी र नेपाल आर्मी क्लब बिच फाइनल स्पर्धा हुने आयोजकले जनाएको छ । दुई बिदेशी सहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयीले नगद ५ र उपबिजेताले ३ लाख रुपियाँ सहित शिल्ड प्राप्त गर्ने छ भने प्रतियोगिताको उत्कृष्ठ खेलाडिले नगद ५० हजार र बिधागत रुपमा उत्कृष्ठले नगद १५-१५ हजार रुपियाँ पुरस्कार पाउँने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...