दोस्रो रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता मंगलबारबाट

खेल दैनिक २२ पुस काठमाडौं । दोस्रो रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता आगामी मङलबारबाट सुरू हुने भएको छ । काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा हुने प्रतियोगीता माघ ४ गतेसम्म चल्नेछ ।

यस्तै आयोजक सेन्टरले प्रतियोगीताको सम्पुर्ण तयारी सकिएको  जनाएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा १६ टिमको सहभागिता रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।  आयोजक काठमाडौं, क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले रुस्लानको सहकार्यले प्रतियोगिता आयोजना गर्न सहज भएको बताउदै  प्रतियोगिताको लागि करिव १८ लाख खर्च हुने अनुमान गरिएको बताए ।

दुई समूहमा विभाजन गरिएको नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका सबै खेलहरु किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गत सस्करणको भन्दा यो संस्करणमा पुरस्कार राशीमा १ लाखले वृद्धि गरिएको हो ।   यस्तै सेमीफाईनल पुग्ने टिमले २५ हजार पाउने छन भने क्वाटरफाईनलमा पुग्ने टोलीले ५ हजार बोनस पाउने छन् । त्यसतै व्यक्तिगत विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस संस्करणमा नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी, नेपाल क्रिकेट क्लब, आयोजक रुस्लान क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन ह्वाईट हाउस,  नेपाली राईनोज, कुलेश्वर क्रिकेट टिम,  न्यु राईजिङ, एसभीए धनगढी, रोयल टिसी फाइटर र अनुभुति कम्युनिकेसन फाउन्डेसन छन् ।

यस्तै मोफसलका न्यू होराइजन बुटवल, खहरे क्रिकेट क्लब धादिगं र पिसी फाईटर्सको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस

Loading...