१६ औं आहा! रारा गोल्डकप: सशस्त्र प्रहरीलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा

१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बललाई पेनाल्टी शूटअाउटमा ५-३ पराजित गर्दै रुस्लान थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोली ले गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टी शूटआउटमा धकेलिएको थियो।

थ्री स्टारले आफ्नो महत्वपूर्ण तीन बिदेशी खेलाडी बिना यो खेल खेल्नु परेको थियो । ती तीन खेलाडीका आवश्यक कागजातहरू नभएपछि म्याच कमिस्नर बसन्त रिजालले उनीहरुलाई खेल्न रोकेका थिए ।

थ्री स्टार क्लबले बाङ्लादेशको उत्तर बरीधारासँग माघ १७ गते सेमिफाइनल खेल खेल्ने छ ।

भोलि प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल अन्तर्गत नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुने छ ।

साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...