फाल्गुनन्द गोल्डकपः बिर्तामोड युनाइटेड फाइनलमा

खेलदैनिक , पुस २१ / बिर्तामोड युनाइटेड क्लब झापा फिदिममा सञ्चालित आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई घरेलु पैदानमा ६–० गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो।

फिदिम माविको खेलमैदानमा भएको खेलमा झापाले सुरूवाती अग्रता लियो। झापाका लागि खेलको दोश्रो मिनेटमै विकास लिम्बूले गोल गरे । पहिलो हाफको १३ औँ मिनेटमा वुद्ध चेम्जोङको पासलाई स्ट्राइकर कर्ण लिम्बूले गोलमा परिणत गरे ।
पहिलो हाफकै २७ औँ मिनेटमा झापाका लागि देवेन्द्र तामाङले गोल गरे । उनले कर्नरलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा ३–० ले पछि परेको फिदिम भने दोश्रो हाफमा समेत लयमा फर्कन सकेन् । दोश्रो हाफको दोश्रो मिनेटमा पुनः विकेस लिम्बूले गोल गरे ।

यस्तै दोश्रो हाफको २५ औँ मिनेटमा योगेश गुरुङले गोल गरेभने २८ औँ मिनेटमा योगेश गुरुङले निकै लामो प्रहारलाई गोलमा परिणत गरे । विहीवारको खेलको म्यान अफ दि म्याच पनि योगेश नै घोषित भए।

फाल्गुनन्द गोल्डकपको आठौँ संस्करणको उपाधिका लागि अब झापाले शुक्रवार हुने कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ र एलेभेन एरोज क्लव सुनसरीवीचको खेलको विजेतासँग आइतवार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...