साधुरो जितमा मनाङ फाइनलमा

(हेटौंडा) साहारासँग संघर्ष पुर्ण बिजय हासिल गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लब हेटौंडामा जारी टुवोर्ग हेटौंडा अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भूकम्पमा परि निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतीमा गठित सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको गोल्डकपमा मनाङले सहारा माथि १-० गोल अन्तरको बिजय निकालेको हो । फरेष्ट्रि खेलमैदानमा भएको प्रतिश्पर्धाको सुरुवातमा दुबै टिम आक्रमक शैलीमा उत्रिएकोे प्रतिष्पर्धाको ८ औं मिनेटबाटै मनाङले अग्रता लिएको थियो । डोना थापाले हानेको कर्नर बललाई बिदेसि खेलाडि ओलावलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

राष्ट्रिय लिगमा अव्वल रहेको क्लब मनाङले खेलमा खासै प्रभुत्व जमाउन सकेको थिएन । साहाराले निकै प्रतिश्पर्धात्मक खेलमा उत्रदा अनिल गुरुङको कप्ताप्नीमा उत्रिएको क्लबले खेलमा पफर्रमेन्स प्रस्तुत गर्न सकेको थिएन ।

दोश्रो हाफ निकै रोमाञ्चक बनेको खेलमा दुबै टिमले स्कोर गर्न सकेनन् । प्रतिश्पर्धामा साहाराका शिब सुबेदी, रिचार्ड पुन, उत्तम गुरुङले पाएको मौका सदुपयोग गर्न नसक्दा साहाराले खेलमा बराबरी गर्ने प्रयास असफल भएको थियो ।

दोश्रो हाफमा मनाङका क्याप्टेन अनिल गुरुङ, ओलावले, डोना थापाले पाएका घेरै मौका गुमाउँदा नेपालको चर्चित क्बल मनाङ झिनोगोल् अन्तरमा बिजय भएको थियो।

मनाङका बिराज मर्हजन म्यान अफ म्याच घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली दोश्रो सेमिफाइनल नेपाल आर्मि र घरेलु बिजय युथ क्लब बिच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...