ट्वेन्टी–ट्वेन्टी नेत्रहिन क्रिकेट विश्वकप प्रतियोगिता: नेपाली टोलीको घोषणा

खेलदैनिक काठमाडौं, पुस २१ – आगामी जनवरी २८ देखि फेब्रुअरी १२ सम्म भारतको नयाँ दिल्लीमा हुने ट्वेन्टी–ट्वेन्टी नेत्रहिन क्रिकेट विश्वकप प्रतियोगिताको लागि १४ जना खेलाडी तथा ६ जना अफिसियलको नाम सार्वजनिक गरिएको छ ।

छनौटमा परेका खेलाडीमा बिक्रमबहादुर राना, सुनिल सुवेदी छेत्री, जीवन गुरुङ, अब्दुल जाहिद, भरत चौलागाईं, दुर्गा दत्त पौडेल, शोभराम डाँगी, सुनिल राना, बद्रि चौलागाईं, कृतन श्रेष्ठ दुवाल, सुनिल थापामगर, मेश बहादुर बानिया, शंकर रेग्मी,पदम बडेला रहेका छन् ।

यस्तै अफिसियलहरुका नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, निरोज गिरी, रिजन प्रजु, नहेन्द्र निरौला, दिपेन्द्र गुरुङ, निर्मल पौडेल छन् । छनौटमा परेका खेलाडीलाई पुस २७ देखि माघ १३ गते बन्द प्रशिक्षणमा राखिनेछ ।

खेलाडी छनौट क्रिकेट संघ नेपालका वरिष्ठ प्रशिक्षक अरुण कुमार अर्यालको संयोजकत्वमा निरोज गिरी, नहेन्द्र निरौला र नेत्रहीन क्रिकेट संघका विश्वकपका लागि कोच रिजन प्रजुको समितिले गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...