छैठौँ एञ्जल्स हार्ट खेल महोत्सव अन्र्तगत बास्केटबलमा गोल्डेनपीकको जुनियर तथा सिनियर दुवैटिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको जुनियरतर्फको क्वाटरफाइनल खेलमा गोल्डेनपीकले रेडन स्कुललाई २९–२० ले हराउदा पेमा शेर्पा र अनिष पुरीले समान ६ स्कोरको योगदान गरे । सिनियरतर्फ पनि क्वाटरफाइनल खेलमा गोल्डेनपीकले
ग्रीनल्याण्डलाई ३६–३० ले हराउदा राजिव आले मगरले सर्बाधिक १७ स्कोर गरे ।
सिनियर ब्वाइजकै अर्को खेलमा भ्याली पब्लिकले आयोजक एञ्ज्ल्स हार्टलाई ४१–३४ स्कोरले हराउदा राहुल विकेले १० स्कोर गरे ।
मनमैजूस्थीत एञ्जल्स् हार्ट स्पोट्स एकेडेमिमा भएको फुटबलतर्फ मानसिंहले मञ्जरीलाई ३–० ले हराउदा रेडले मनास्लुमाथी ४–० को एकतर्फी नतिजा निकाल्यो । त्यस्तै जाउलाखेलको सेन्ट जेभियर्सले पारामाउन्टलाई ३–१ गोलअन्तरले हराउदा अमर स्कुलले आयोजक एञ्ज्ल्सहार्टमाथी ४–० फराकिलो जित निकाल्यो ।