पाचौँ एक्सेल्सीयर कप : आयोजक द एक्सेल्सीयर सेमिफाइनलमा

unnamedपाचौँ एक्सेल्सीयर कप अन्तर्गत बास्केटबलको जुनियरतर्फ आयोजक द एक्सेल्सीयर सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल खेलमा आयोजक द एक्सेल्सीयरले न्यूअरुणदयलाई २३–१५ ले हराउदै अन्तिम चारमा स्थान बनायो।

आयोजकको जितमा आयुष लामाले ९ स्कोर गरे । जुनियर ब्वाइजकै खेलमा महामञ्जुश्री र नवोदितले सफलता हात पारेका छन् ।

महामञ्जुश्रीले निम्समाथी ३७–९ को फराकिलो जित निकाल्दा मौसम घर्तिमगरले १७ स्कोर गरे । निमा तामाङको ११ स्कोरको मद्दतमा नवोदितले ग्यालेक्सीलाई २४–५ ले पाखा लगायो । सिनियरतर्फ भने ग्यालेक्सीले प्यारागनमाथी ३०–२५को जित निकाल्यो। ग्यालेक्सीको जितमा नितेस बस्नेतले १० स्कोर गरे । सिनियरकै अर्को खेलमा कान्तिपुर इंग्लिसले ट्रीपल जेममाथी ३०–२४ को जित निकाल्दा टासी शेर्पाले सर्बाधिक १५ स्कोर गरे ।

पाचौँ एक्सेल्सीयर कप अन्तर्गत फाइभ ए साइड जुनियर फुटबलमा काभ्य स्कुल र रोजबड स्कुल प्री–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आयोजक एक्सेल्सीयरको नवनिर्मीत आर्टिफिसियल टर्फमा बुधबार भएको अन्तिम लिग खेलमा काभ्यले रेडिअन्ट पब्लिकमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो । काभ्यको जितमा अदिप पाठकले दुई र प्रेरक सिंखडाले एक गोल गरे । रेडिअन्टको तर्फबाट सुवास गौतमले दुई गोल फर्काएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

अर्को खेलमा रोजबडले आयोजक द एक्सेल्सीयर रातोमाथी १–० को संघर्षपुर्ण जित हात पा¥यो । रोजबडको जितमा रोहेल प्रधानले निर्णायक गोल गरे । अन्तिम आठमा रोजबडले अक्षरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सरुण श्रेष्ठको ह्याट्रिकको मद्दतमा न्यूजेनिथले प्यारागन पब्लिकलाई ३–० ले हराउदै प्रीक्वाटरमा काभ्यसँगको भेट पक्का ग¥यो । सँस्कृतीले मम हाउसलाई १–० ले हराउदै अन्तिम १६मा स्थानमा ग्यालेक्सीसँगको भेट पक्का ग¥या । सस्कृतीको जितमा सुयस भण्डारीले निर्णायक गोल गरे । प्रीक्वाटरको अन्य खेलमा सिद्धार्थले अरुणदय,गीताञ्जलीले ओलम्पिया ,रातो बगंलाले क्रिएटिभ एकेडेमी र आयोजक एक्सेल्सीयर निलोले त्रिरत्नसँग
प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...