आयोजक ज्ञानोदयलाई फुटबलमा उपाधी

winner-puspasadan-in-gyancarnivalआयोजक ज्ञानोदय आवाशिय स्कुल २२ औं ज्ञान कार्निभल अन्तरगतको फुटबलमा उपाधी हात पार्न सफल भएको छ ।

आयोजकले खेलको ३५ औं मिनटमा विक्कि गुरुङ्गको एक मात्र गोलमा शुभतारा स्कुललाई पन्छाउँदै उपाधी हात पारेको हो । ज्ञानोदयका संगम प्रजापती उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको थियो ।

बास्केटबलः–

आयोजककै प्राङ्गगणमा भएको ब्वाईज बास्केटबमा पुष्पसदनले ईनोभेटिभलाई ८६–६५ अंकले पराजित ग¥यो । पहिलो क्वाटरमा १६–२० अंकले पछाडी परेको पुष्पसदनले आफुलाई सम्हाल्दै दोश्रो क्वाटरमा २६–१२, तेश्रोमा १८–१६ र अन्तिममा २६–१७ले ईनोभेटिभलाई पछि पारेको हो । विजेताका लागि अभिषेक सिंहले २५ अंक जोडे । उनी उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै गल्र्स तर्फ खेलम पनि ईनोभेटिभ पछाडी प¥यो । फाइनलमा ईनोभेटिभलाई मल्पीले ६–४, १०–६, १०–९ र १०–२ गरि कुल ३६–२१ अंकले पछाडी पा¥यो । मल्पीकी रक्षा बस्नेतले टिमको लागि ७ अंक जोडिन् । प्रतियोगितामा मल्पीकी ईरिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भईन् । विजयी टिम तथा खेलाडीहरुलाई ज्ञानोदय आवाशिय स्कुलकी संस्थापक प्रिन्सिपल ईन्दिरा याकथुम्बाले पुरस्कार वितरण गरेकी थिईन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...