सातौ राष्ट्रि खेलकुद अन्तरगत क्षेत्रिय प्रतियोगिता जारी

profile-khel-dainikपूर्वाञ्चल

एथलेटिक्सको महिला १०० मिटरमा सुनसरीकी नेहा चौधरीले प्रथम स्थान हात पार्दै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएकी छिन् । त्यसै गरि उक्त प्रतिस्पर्धामा सुनसरीकी विविषा निरौला दोश्रो र धनकुटाकी विनित लिम्बु तेश्रो भए । यस्तै ८ सय मिटरमा सुनसरीका एशोधा चौधरी सप्तरीकी रेनुका चौधरीलाई पछाडी पार्दै सातौको लागि छनोट भईन् । खोटाङ्गकी सर्मिला कार्की तेश्रो भईन् । ५ हजार मिटरमा खोटाङ्गकी द्रिपा बस्नेत प्रथम, सोलुखुम्बुकी सरस्वती खड्का राई द्वितिय र खोटाङ्गकी सवलम्बु शेर्पा तृतीय भईन् ।

यस्तै पुरुष १०० मिटरमा श्याम कुमार चौधरी सुनसरीले राहुल माझी मोरङ्गलाई पछि पार्दै प्रथम स्थान हात पारे । तेश्रो स्थानमा सप्तरीका अमिर कान्त चौधरी रहे । ८०० मिटरमा प्रकाश दनुवार झापाले सन्देश पावर संखुवा सभालाई पछि पार्दै सातौमा स्थान पक्का पारे । मोरङ्गका ओम प्रकाश शाह तृतीय भए । ५ हजार  मिटरमा ते¥हथुमका उमेश कदङ्गवा पहिलो भए । उनले पाँचथरका हर्क बहादुर लोहागनलाई पछाडी छोडे । सुनसरीका खिम लिम्बु तेश्रो भएको नारायणहरी थापाले जनाएका छन् ।

पश्चिमाञ्चल

१५ सय मिटर महिला तर्फको खेलमा नवलपरासीकी गुडिया गुप्ता, ईन्दिरा नेपाली पर्वत र डोलमाया महतो नवलपरासी क्रमश प्रथम द्वितीय र तृतीय भए ।

१५ सय मिटर पुरुषमा गुल्मीका रोहित अधिकारीले पर्वतका प्रकाश कँुवरलाई पछि पार्दै सातौको लागि चुनिए । तेश्रो स्थानमा बाग्लुङ्गका चन्द्र बहादुर मल्ल रहे ।

सुदूर पश्चिमाञ्चल – कञ्चनपुर फाइनलमा

२० गते देखी जारी पुरुष फुटबल प्रतियोगितामा कञ्चनपुरले डोटीलाई पराजित गर्दै फाइनलको यात्र तय गर्न सफल भएको छ । यस्तै कैलाली र बाजुरा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला तर्फ ब्याडमिन्टनमा कैलालीकी दुर्गा शर्मा प्रथम स्थान हात पार्दै सातौ राष्ट्रिय प्रतियोगिताको लागि स्थान सुरक्षित पार्न सफल भएको विष्णु घिमिरेले जानकारी गराए ।

मध्यमाञ्चल तथा मध्यपश्चिमाञ्चलमा पनि क्षेत्रिय छनोट प्रतियोगिता जारी रहेको सातौ राष्ट्रिय खेलकुद सचिवालयका नारायणहरी थापाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...