फुटसल टोली स्वदेश फिर्ता

footsal-teamमित्र राष्ट्र श्रीलङकामा भएको तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा उपविजतेता बन्दै नेपाली फुटसल टोली स्वदेश फिर्ता भएको छ ।

पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएको नेपाली टोलीले पहिलो सहभागितामानै ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।

दक्षिण एशियाका ५ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालले भारतलाई ५ – ० मालदिभ्सलाई ३ – २ र पाकिस्तानलाई ९ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल फुटसल संघका अध्यक्ष देव कुमार अधिकारीले अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...